HAPPY NEW YERA HAPPY NEW YERA

हङकङलाई हराउँदै नेपाल फाइनलमा

बुधबार, वैशाख ३, २०८२

काठमाडौँ :घरेलु टोली नेपाल आईसीसी यू–१९ विश्वकप एशिया छनोटको फाइनलमा पुगेको छ ।

आज भएको आफ्नो तेस्रो खेलमा हङकङलाई ९ विकेटले हराउँदै नेपालले फाइनलमा स्थान बनाएको हो ।    जितकालागि हङकङले दिएको ११६ रनको लक्ष्य नेपालले १२.३ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा शाहिल पटेल र कप्तान नरेन भट्टले नटआउट रहँदै क्रमश ४२ र ३९ रन जोडे । निरज कुमार यादवले २३ रन बनाए ।

त्यसअघि तल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर सुरुवाती ब्याटिङमा तानिउको हङकङले ४६.२ ओभरमा सवै विकेट गुमाएर ११५ रन मात्र बनाएको थियो । उसकालागि शिव माथुरले सर्वाधिक ६३ रनको योगदान गरे । ,आर्य पज्वानीले १३ ,वीर माथुरले  १२ तथा ह्यारी थोमसले १० रन जोडेपनि अन्य ब्याटरले दोहोरो अंकको रन छुन सकेनन्

। हङकङलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ युवरात खत्रीले सर्वाधिक चार विकेट लिए । नेपालले समुह चरणको अन्तिम खेल आगामी शनिबार अफगानिस्तानसंग खेल्ने छ । त्यही खेलको बिजेताले विश्वकपमा स्थान बनाउनेछ ।

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १३:५८
प्रतिक्रिया दिनुहोस्