दिपेन्द्र सिं ऐरीको वरियता खस्कियो
काठमाडौँ :नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दिपेन्द्र सिं ऐरीको वरियता खस्किएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले जारी गरेको टी–२० अलराउण्डरतर्फको नयाँ वरियतामा ऐरी चौथो स्थानमा आईपुगेका छन् । यसअघि उनी दोस्रो स्थानमा थिए । वरियताको शिर्ष स्थानमा भारतका हार्दिक पाण्ड्या यथावत रहेका छन् ।
दोस्रो स्थानमा अष्ट्रेलियाका मार्स स्टोनिस तथा तेस्रो स्थानमा इङग्लयाण्डका लियाम लिभिङस्टोन रहेका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२ १४:४०
प्रतिक्रिया दिनुहोस्