सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : सुपर ओभरमा राजस्थान रोयल्सलाई पराजित गर्दै दिल्ली क्यापिटल्स इण्डियन प्रिमियर लिग (आइपिएल) को शीर्षमा उक्लिएको छ ।
बुधबार राति भएको खेलमा सुपर ओभरमा राजस्थानलाई हराउँदै दिल्लीले शीर्ष स्थान कब्जा गरेको हो । १२ रनको लक्ष्य दिल्लीले ४ बलमै खेल आफ्नो पक्षमा पारेको हो ।
उसकालागि केएल राहुलले ७ तथा ट्रिस्टन स्टब्सले ६ रन बनाए । सुपर ओभरमा पहिला ब्याटिङ गरेको राजस्थानले ५ बलमा २ विकेट गुमाउँदै ११ रन बनाएको थियो । सातौं खेल खेलिसकेको राजस्थान पाँचौं हारसँगै ४ अंकमा सीमित रहँदै आठौं स्थानमा झरेको छ ।
यसअघिको निर्धारित ओभरको खेलमा दुवै टोलीले समान १८८ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।