सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : आईसीसी यू–१९ विश्वकप एशिया छनोटमा नेपालले आज अफगानिस्तानसंग प्रतिस्पर्धा गर्दैछ ।
मुलपानी क्रिकेट मैदानमा बिहान ९ः३० बजे हुने खेलको विजेताले सन् २०२६ मा जिम्बाब्वे र नामिबियामा हुने विश्वकपमा स्थान बनाउनेछ । यसकारण नेपाल र अफगानिस्तान दुवै टोलीकालागि आजको खेल निर्णयक हुनेछ ।
जारी प्रतियोगितामा नेपाल र अफगानिस्तान दुबै टोलीले हार भोगेका छैनन् । खेलेका तीन ओटै खेलमा दुवै टोलीले जित निकालेका छन् । अगानिस्तानले ओमान र हङकङलाई समान ८ विकेटले हराउँदा युएईविरुद्द डिएल पद्दतीमा १८० रनको शानदार जित निकालेको थियो ।
नेपालले पहिलो खेलमा युएईलाई ५ रनले हराउँदा ओमान विरुद्द ८ विकेटको जित निकालेको थियो । तेस्रो खेलमा नेपालले हङकङलाई ९ विकेटले पराजित गरेको थियो । समान ६ अंक भएपनि अफगानिस्तान शिर्ष स्थानमा रहँदा नेपाल दोस्रो स्थानमा छ । युएई दोस्रो तथा ओमान तेस्रो स्थानमा रहँदा हङकङ पाँचौ स्थानमा छ ।
जारी प्रतियोगितामा सबैभन्दा धेरै ३५९ रन अफगानिस्तानले बनाएको थियो ।