सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : काठमाडौँमा जारी नेपाल सुपर लिग फुटबल एनएसएलको प्लेअफ पुग्ने चार ओटै टोलीको टुङ्गो लागेको छ ।
बिहिवार भएको खेलमा धनगढी एफसीलाई ३–१ गोलले हराउँदै एफसी चितवनले प्लेअफमा स्थान बनाएको हो । योसंगै प्लेअफ पुग्ने चार ओटै टोलीको छिनोफानो भएको हो । चितवनसंगै साविक विजेता ललितपुर सिटी , धनगढी एफसी र पोखरा थण्डर्सले पनि प्लेअफमा स्थान बनाएका छन् ।
धनगढी र ललितपुर सिटी एफसी शीर्ष दुईमा रहँदै क्वालिफायर वान खेल्ने पक्का भएको छ । यस खेलको विजेता सीधै फाइनल पुग्नेछ ।
पराजित हुने टोलीले क्वालिफायर टु खेल्ने अवसर पाउनेछ । प्लेअफ पुगेको एफसी चितवन र पोखराले वैशाख ७ गते एलिमिनेटर खेल्नेछ ।
यस खेलको विजेता क्वालिफायर टु मा प्रवेश गर्नेछ भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ । फाइनल खेल वैशाख १३ गते हुनेछ ।