HAPPY NEW YERA HAPPY NEW YERA

पहिलो पटक आमने सामने हुँदै बैंगुलुरु र पञ्जाव

शुक्रबार, वैशाख ५, २०८२

काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) र पञ्जाब किंग्स (पीबीकेएस) बीच प्रतिस्पर्धा हुँदैछ ।

खेल नेपाली समय अनुसार बेलुकी ७ ४५ बजे बेंगलुरुको एम चिन्नास्वामी स्टेडियममा सुरु हुनेछ । यो सिजनमा दुवै टोलीको यो पहिलो खेल हुनेछ । दुवै टोली गत वर्ष बेंगलुरुको मैदानमा आमनेसामने भएका थिए ।

उक्त खेलमा आरसीबीले ४ विकेटको जित निकालेको थियो । हेड टु हेडमा पञ्जाव अगाडि छ ।

यी दुई टोलीबीच अहिले सम्म ३३ खेलहरु भएका छन् । जसमा आरसीबीले १६ तथा पञ्जावले १७ खेल जितेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १४:३९
प्रतिक्रिया दिनुहोस्