HAPPY NEW YERA HAPPY NEW YERA

वडाध्यक्ष कप भलिबलको सेमिफाइनल समीकरण पुरा

शुक्रबार, वैशाख ५, २०८२

क्यौरानी : मेलम्ची नगरपालिका वडा नम्बर ८ प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । 

समूह बि बाट भिमेश्वर युवा क्लब र समूह ए बाट प्रगति टोल सुधार समूह समूह बिजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । उर्गेन क्षेखोर्लिङ गुम्बा समूह र चन्द्र सुर्य टोल सुधार समिती पनि क्रमश: समूह ए र बि को उपबिजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । 

अब फाइनल प्रवेशका लागि प्रगति टोल सुधार समिती र चन्द्र सुर्य टोल सुधार समिती पहिलो सेमिफाइनल खेल हुने छ भने भिमेश्वर युवा क्लब र उर्गेन क्षेखोर्लिङ गुम्बा समूह बिच दोस्रो सेमिफाइनल हुने रेफ्री संयोजक सिताराम नेपालीले जानकारी दिए ।

वडा कार्यालयको आर्थिक सहयोग र सिन्धु स्पाइडर युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा वडा भित्रका शिक्षक कर्मचारी र ५ टोलसुधार समिती सहित ६ टोली सहभागी उक्त प्रतियोगिताम सहभागी  रहेको छ । 

प्रतियोगितामा समूह बि बाट भिमेश्वर युवा क्लब र समूह ए बाट प्रगति टोल सुधार समूह समूह बिजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । त्यस्तै समूह चरणको अन्तिम खेलमा पराजित उर्गेन क्षेखोर्लिङ गुम्बा समूह पनि समूह ए को उपबिजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

शनिबार फाइनल हुने प्रतियोगितामा प्रथम हुने टोलीले ३३ हजार ३ सय ३३ दोस्रो हुने टोलीले २२ हजार २ सय २२ तेस्रो हुनेले ११ हजार १ सय ११ र सान्त्वना हुने टोलीले ३ हजार ५०० प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष अरुण तामाङले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १८:५७
प्रतिक्रिया दिनुहोस्