ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टि–२० सिरिज :

अमेरिकासंग हार्‍यो बंगलादेश

बुधबार, जेठ ९, २०८१

काठमाडौँ :टि–२० विश्वपको तयारीमा रहेको बंगलादेश अमेरिकासंग पराजित भएको छ । अमेरिका विरुद्धको टि–२० सिरिज अन्तर्गत भएको पहिलो खेलमा बंगलादेश अमेरिकासंग ५ विकेटले पराजित भएको हो ।

जितकालागि बंगलादेशले दिएको १५४ रनको लक्ष्य अमेरिकाले १९.३ ओभरमा ५ विकेट गुमाएर भेटायो । अमेरिकाको जितमा कोरी एन्डरसनले सर्वाधिक ३४ रनको गरे ।  हरमित सिंहले ३३ रन जोडे । एन्डरसन र सिंह दुवै अविजित रहे । स्टेभेन टेलरले २८ तथा आन्द्रेस गुसले २३ रन जोडे ।

त्यसअघि प्रेरि भ्यू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा तानिएको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५३ रन बनाएको थियो । बंगलादेशका लागि टोहिद हृडोयले सर्वाधिक ५८ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन  ।

सिरिज अन्तर्गतको दोस्रो खेल बिहीवार हुनेछ । अमेरिकासंग पराजित बंगलादेश टि–२० विश्वकपमा नेपालकै समूहमा छ । 
 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  ०५:४८
प्रतिक्रिया दिनुहोस्