सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सविरुद्द रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी)ले टस हारेको छ ।
वर्षाका कारण झण्डै साँढे दुई घण्टापछि एम चिन्नास्वामी स्टेडियममा टस भएको हो । वर्षाका कारण यी दुई टोलीकोे खेल १४ ओभरमा झारिएको छ ।
यस खेलमा चार जना बलरले तीन–तीन ओभर बलिङ गर्न पाउनेछन् । एक बलरले दुई ओभर बलिङ गर्नेछन् । यस खेलमा ४ ओभरको पावर प्ले हुनेछ ।