HAPPY NEW YERA HAPPY NEW YERA

दिल्ली हाफ म्याराथनमा नेपालका धर्म पहिलो, रेवत दोस्रो

शुक्रबार, वैशाख ५, २०८२

काठमाडौँ :भारतको दिल्लीमा दौडन पुगेका नेपाली भेट्रान धावक पहिलो र दोस्रो स्थान हासिल गर्न सफल बनेका छन् । 
पञ्जाब नेशनल बैंक (पीएन्बी) हाफ म्याराथन दिल्ली २०२५ मा भाग लिन दिल्ली पुगेका नेपालका धावक धर्म महर्जन प्रथम र रेवत दाहालले दोस्रो स्थान हासिल गरेका हुन् । 
धावकद्धय महर्जन र दाहालले ५० वर्ष माथि उमेर समुहबाट प्रतिष्पर्धा गरेका थिए । 
निर्धारित दुरी महर्जनले १ घण्टा १८ मिनेटमा पुरा गरेका हुन् भने दाहालले १ घण्टा २६ मिनेट २१.४८ सेकेण्डमा पुरा गरेको स्पोर्टस् हबलाई बताए । 
नेपालको प्रतिनिधित्व गर्दै नेपाली भेट्रान धावकहरु महर्जन, दाहाल र लाक्पा शेर्पा दिल्ली पुगेका थिए ।
दिल्लीमा अप्रिल १० मा भएको खेलमा सहभागी धावकद्धय स्वदेश फर्किएलगत्तै झापामा भएको दौड प्रतिष्पर्धामा होमिएका थिए । 
झापामा भएको काँकडभिट्टा नयाँ वर्ष ४ किमि रेस २०८२ मा महर्जनले दोस्रो तथा दाहालले तेस्रो स्थान हासिल गरेका छन् । 
प्रतियोगितामा नेपाली सेनाका होमलाल श्रेष्ठ प्रथम हुन सफल भए ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  २३:०५
प्रतिक्रिया दिनुहोस्