HAPPY NEW YERA HAPPY NEW YERA

वर्षाले विथोलिन सक्छ नेपाल र अफगानिस्तानको खेल 

शनिबार, वैशाख ६, २०८२

काठमाडौँ :आईसीसी यू–१९ विश्वकप एशिया छनोट अन्तर्गत नेपाल र अफगानिस्तानबीच आज हुन लागेको खेल वर्षाले विथोलिने देखिएकाे छ ।

गएराती देखिनै मुलपानीस‌गै  देशका बिभिन्न स्थानमा वर्षा भईरहेकाले निर्धारित समयमै खेल नहुने देखिएकाे हाे ।

यतिबेला डडेलधुरा, कञ्चनपुर, बैतडीमा मेघगर्जन/चट्याङ्ग  सहित पानी परिरहेको छ । केही समयपछि यो प्रणाली पूर्वतिर (कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश) सर्दै जाने देखिएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी बर्षाको समेत सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ ।

नेपाल र अफगानिस्तानबीचको खेल मुलपानी क्रिकेट मैदानमा बिहान ९ः३० बजेका लागि तय गरिएको छ । आजको विजेता टोली सन् २०२६ मा नामिविया र जिम्वाबेमा हुने विश्वकमा पुग्नेछ । 
 

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  ०७:३०
प्रतिक्रिया दिनुहोस्