HAPPY NEW YERA HAPPY NEW YERA

विबाह बन्धनमा बाँधिए अविनाश बोहरा

शनिबार, वैशाख ६, २०८२

काठमाडौँ :नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य अविनाश बोहरा बैवाहिक बन्धनमा बाँधिएका छन् ।

गत मंसिरमा प्रेमिका प्रतिज्ञा खनालसँग इन्गेजमेन्ट गरेका बोहराले शुक्रवार लगन गाँठो कसेका हुन् । २७ वर्षीय बोहराले नेपालका लागि २ एक दिवसीय र ६२ टी–२० अन्तर्राष्ट्रिय खेलहरू खेलेका छन् । नेपाली क्रिकेटको क्षेत्रमा परिचित अनुहार बोहराले राष्ट्रिय स्तरमा मात्र छाप छोडेका छैनन् ।

उनले घरेलु प्रतियोगिताहरूमा पनि निरन्तर प्रदर्शन गर्दै आएका छन् । विशेष गरी उनी एपीएफ (सशस्त्र प्रहरी बल) क्लबको प्रतिनिधित्व गर्दै आएका छन् ।

क्रिकेट फ्यानहरूले नवजोडीलाई सामाजिक सञ्जालमा बधाई दिइरहेका छन् । हाम्रो तर्फबाट पनि नवजोडीलाई वैबाहिक जिवनको शुभकामना
 

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  ०७:५३
प्रतिक्रिया दिनुहोस्