HAPPY NEW YERA HAPPY NEW YERA

बैगलुरूलाई हराउँदै पन्जाब आइपिएलको दोस्रो स्थानमा

शनिबार, वैशाख ६, २०८२

काठमाडौँ : रोयल च्यालेन्जर्स बैगलुरूलाई हराउँदै पन्जाब किंग्स इण्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो स्थानमा उक्लिएको छ ।

शुक्रवार राती भएको खेलमा बैगलुरूलाई ५ विकेटले पराजित गर्दै पञ्जावले शीर्ष दुईमा स्थान बनाएको हो । जितको लागि पाएको ९६ रनको सामान्य लक्ष्य पन्जाबले १२.१ ओभरमा ५ विकेटको क्षतिमा भेटायो पञ्जावको जितमा नेहाल वाडेराले सर्वाधिक ३३ रनको योगदान गरे । जोश इङ्लिसले १४ प्राभसिम्रन सिंले १३ रन बनाए ।  

त्यसअघि बैंगलुरुको एम चिन्नास्वमी मैदानमा वर्षाका कारण झण्डै साँढे दुई घण्टा ढिला सुरु भएको खेललाई १४ ओभरमा झारिएको थियो । टस हारे पहिले ब्याटिङमा तानिएको बैगलुरूले निर्धारित १४ ओभरमा ९ विकेट गुमाउँदै ९५ रन बनाएको थियो ।

उसकालागि टीम डेबिटले सर्वाधिक ५० तथा कप्तान रजत पाटिदारले २३ रन बनाएपनि अन्य कुनैपनि टोलीले दोहोरो अंकको रन बनाउन सकेनन् । फिल साल्ट ४ तथा  विराट कोहली १ रनमा आउट भए । 
 

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  ०८:१४
प्रतिक्रिया दिनुहोस्