सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :इण्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा दिल्ली क्यापीटल्सले गुजरात टाईटन्ससामु जितकालागि २०४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
अहमदाबाद क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा तानिएको दिल्लीले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा २०३ रन बनायो । उसकालागि कप्तान अक्षर पट्टेलले सर्वाधिक ३९ रनको योगदान गरे ।
आशुतोष शर्माले ३७ रन बनाउँदा ट्रिस्टन स्टब्स र करुण नैरले समान ३१–३१ रन जोडे । केएल राहुलले २८ तथा अभिषेक पोर्लले १८ रन बनाए ।
शिर्ष स्थानको दिल्ली आज गुरातलाई हराउँदै दोस्रो स्थानको पञ्जावसंग दुई अंकको अग्रता बनाउन चाहान्छ । गुजरात पनि आज शिर्ष स्थानको दिल्लीलाई हराउँदै शिर्ष स्थानमै पुग्न चाहान्छ ।
आजै हुने अर्को खेलमा राजस्थान रोयल्स र लखनाउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ ।