सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
क्यौरानी : मेलम्ची नगरपालिका वडा नम्बर ८ प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी प्रगति टोल सुधार समितिले जितेको छ ।
फाइनलमा भिमेश्वर युवा क्लबलाई २-० ले पराजित गर्दै प्रगतिले उपाधी सहित ३३ हजार ३ सय ३३ रुपैया नगद प्राप्त गरेको छ । उपबिजेता बनेको भिमेश्वरले २२ हजार २ सय २२ रुपैयाँमा चित्त बुझाएको छ । तेर्सो भएको चन्द्र सुर्य टोल सुधार समितिले ११ हजार १ सय ११ रुपैयाँ र सान्त्वना स्थान प्राप्त गरेको उर्गेन क्षेखोर्लिग गुम्बाले ३ हजार पाँच सय पाएको छ ।
वडा कार्यालयको आर्थिक सहयोग र सिन्धु स्पाइडर युवा क्लबको आयोजनामा जलबाई देवी माबिको खेल मैदानमा भएको प्रतियोगितामा वडा भित्रका शिक्षक कर्मचारी र ओटा टोलसुधार समिती सहित ६ टोली सहभागी उक्त प्रतियोगिताम सहभागीता जनाएको थियो ।
वडा अध्यक्ष जित बहादुर तामाङको प्रमुख आतिथ्यता र आयोजक क्लबका अध्यक्ष अरुण तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा आयोजक क्लबलाई धन्यवाद दिँदै अध्यक्ष जित बहादुर तामङले खेलाडीहरुलाई उज्ज्वल भबिष्यको शुभकामना व्यक्त गरे ।
साथै खेलाई निरन्तरता दिन जरुरी रहेको बताउँदै जसमा वडा खेलाडीको साथमा रहेको र सहयोगमा कमि हुन नदिने उनको भनाइ छ । यो प्रतियोगिता वडा अध्यक्ष कपको रुपमा सुरुवात भएको र निरन्तरता दिने उनले बताए । वडाका निवर्तमान अध्यक्ष ठंकराज गिरीले आगामी दिनमा पनि यस किसिमको प्रतियोगीतालाई निरन्तरता दिन जरुरी रहेको बताए ।
कार्यक्रमको समापन गर्दै क्लबका अध्यक्ष अरुण तामाङले सहयोग गरेकोमा वडा प्रती आभार व्यक्त गर्दै खेललाई सफल बनाउन सभागी खेलाडीहरुलाई धन्यवाद दिए ।