HAPPY NEW YERA HAPPY NEW YERA

दिल्लीलाई हराउँदै गुजरात शिर्षमा

शनिबार, वैशाख ६, २०८२

काठमाडौ : गुजरात टाईटन्स इण्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा शिर्ष स्थानमा उक्लिएको छ ।

आज साँझ भएको खेलमा दिल्ली क्यापीटल्सलाई ७ विकेटले हराउँदै गुजरात शिर्ष स्थानमा उक्लिएको हो । जितकालागि दिल्लीले दिएको २०४ रनको लक्ष्य गुजरातले १९.२ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । उसको जितमा जश बटलरले अविजित रहँदै सर्वाधिक ९७ रनको योगदान गरे ।

त्यसअघि अहमदाबाद क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा तानिएको दिल्लीले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा २०३ रन बनाएको थियो  । उसकालागि कप्तान अक्षर पट्टेलले सर्वाधिक ३९ रनको योगदान गरे ।

आशुतोष शर्माले ३७ रन बनाउँदा ट्रिस्टन स्टब्स र करुण नैरले समान ३१–३१ रन जोडे । केएल राहुलले २८ तथा अभिषेक पोर्लले १८ रन बनाए । 
 

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  २०:३५
प्रतिक्रिया दिनुहोस्