HAPPY NEW YERA HAPPY NEW YERA

राजस्थानविरुद्द लखनउको रोमाञ्चक जित 

आइतबार, वैशाख ७, २०८२

काठमाडौँ :इण्डियन प्रिमियर लिग (आईपिएल)मा लखनउ सुपर जायन्ट्सले राजस्थान रोयल्समाथि रोमाञ्चक जित निकालेको छ ।

शनिवार राती भएको खेलमा लखनउले राजस्थान विरुद्द २ रनको रोमाञ्चक जित हात पारेको हो । जितकालागि लखनाउले दिएको १८१ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित ओभरमा ५ विकेट गुमाएर १७८ रन माबै बनाउन सक्यो । राजस्थानका लागि यशस्वी जैसवालले उत्कृष्ट प्रदर्शन गरे । उनले ५२ बलमा ७४ रन बनाए। यशस्वीले ५ चौका र ४ छक्का प्रहार गरे।

रियान परागले ३९ रनको इनिङ खेले । आफ्नो डेब्यू खेलमा वैभव सूर्यवंशीले ३४ रनको योगदान दिए । लखनउका लागि आवेश खानले ३ विकेट लिए। शार्दुल ठाकुर र एडेन मार्करामले १–१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गर्दै लखनउले २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनायो । त्यसका लागि आयुष बदोनीले ५० रनको विस्फोटक इनिङ खेले। जबकि एडेन मार्करामले पनि ६६ रन बनाए । अन्तमा अब्दुल समदले आफ्नो जादू देखाए। उनी १० बलमा ३० रन बनाएर अविजित रहे।

राजस्थानका वानिन्दु हसर्गाले २ विकेट लिए । जोफ्रा आर्चर, सन्दीप शर्मा र तुषार देशपाण्डेले १–१ विकेट लिए ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  ०८:२१
प्रतिक्रिया दिनुहोस्