ADD FOR WEBSIDE ADD FOR WEBSIDE
आईपिएल :

चौथो पटक एलिमिनेटर खेल्दै आरसीबी

बुधबार, जेठ ९, २०८१

काठमाडौँ:ईण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा बुधवार एलिमिनेटर खेल हुने छ । अहमदावाद स्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार बेलुकी ७:४५ बजे हुने एलिमिनेटरमा उपाधि दावेदार मानिएको रोयल च्यालेन्जर्स बैंलुरु (आरसीबी) र  राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

विजेता टोलीले फाईनल प्रवेशकालागि दोस्रो क्वालिफायर खेल्नुपर्नेछ भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ । फाईनलको सम्भावना जिवितै राख्न दुवै टोलीमाथि जित्नै पर्ने दवाब छ ।

फाईनलमा पुग्न एलिमिनेटरको विजेताले पहिलो क्वालिफायरमा पराजित टोली सनराईजर्स हैदरावादसंग खेल्नुपर्नेछ । गत शनिबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) ले रोमाञ्चक खेलमा चेन्नई सुपर किंग्सलाई २७ रनले पराजित गर्दै प्लेअफमा पुग्ने चौथो र अन्तिम टोलीको रुपमा आफुलाई उभ्याएको थियो । एलिमिनेटर खेलको लागि सबै खेलप्रमी उत्सुकतापूर्वक पर्खिरहेका छन् । यस खेल फाईनल सरहनै हुने अनुमान खेलप्रमीहरुको छ । 


३ पटक एलिमिनेटरमा एक मात्र जित 
-सन् २०२० मा आरसीबीले पहिलो पटक एलिमिनेटरमा स्थान बनाएको थियो । उक्त खेलमा सनराईजर्स हैदरावादसंग ४ विकेटले पराजित भएपछि उपाधि जित्ने सपना चकनाचुर बनेको थियो । 
-सन् २०२१ मा पनि आरसीबीले एलिमिनेटरमा स्थान बनाएको थियो । यसपटक पनि कोलकाता नाईट राईडर्ससंग ४ विकेटको हार भोगेपछि आईपिएलको यात्रा आरसीबीले त्यहीँ टुंग्याएको थियो । 
-सन् २०२२ मा पनि आरसीबीले लगातार तेस्रो पटक एलिमिनेटरमा स्थान बनायो । त्यसिबेला भने आरसीबीले लखनाउ सुपर जायन्टस्लाई १४ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाउन सफल भयो । तर दुर्भाग्य दोस्रो क्वालिफायरमा आरसीबी राजस्थान रोयल्ससंग ७ विकेटको हार ब्यहोर्नुपर्यो । 


३ पटक फाईनलमा चुक्यो आरसीबी
आरसीबी अहिले सम्म ३ पटक आईपिएलको फाईनलमा भिडिसकेको छ । तर उपाधि भने एक पटक पनि चुम्न पाएको छैन ।

-सन् २००३ मा आरसीबी फाईनलमा डिक्यान चार्जर्ससंग ६ रनले पराजित भएको थियो । १४४ रनको लक्ष्य पछ्याएको आरसीबी १३७ रनमा समेटिएपछि उपाधि चुम्न असफ रह्यो । 

-सन् २०११ मा पनि आरसीबी फाईनलमै पछारियो । एम ए चिन्ना स्वामी स्टेडियममा भएको फाईनलमा चेन्नेई सुपर किंग्ससंग आरसीबी ५८ रनले पराजित भयो । जितकालागि २०६ रनको लक्ष्य पछ्याएको आरसीबी निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १४७ रन मात्र बनाउन सक्यो ।

-सन् २०१६ मा एम चिन्नास्वामी स्टेडियममा भएको फाईनलमा आरसीबी सनराईजर्स हैदरावादसंग ८ रनले पराजित भएको थियो । जितकालागि २०८ रनको लक्ष्य पछ््याएको आरसीबीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २०० रन मात्र बनाउन सकेको थियो ।

 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  ०६:१०
प्रतिक्रिया दिनुहोस्