HAPPY NEW YERA HAPPY NEW YERA

पञ्जावले आरसीबीलाई दियो १५८ रनको लक्ष्य

आइतबार, वैशाख ७, २०८२

काठमाडौँ :इण्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा पञ्जावले रोयल च्यालेन्जर्स बैङलुरु आरसीबी सामु जितकालागि १५८ रनको चुनौति पेश गरेको छ ।

मुलानपुरमा टस हारेर पहिले ब्याटिङमा तानिएको पञ्जावले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५७ रन बनायो । उसकालागि प्रभसिमरन सिंहले सर्वाधिक ३३ रन जोडे । शशांक सिंहले अविजित ३१ रन बनाउँदा मार्को जोनसन २५ रनमा अविजित रहे । प्रियांश आर्यले २२ रन बनाए । बलिङतर्फ आरसीबीका क्रुणाल पाण्ड्याले उत्कृष्ट बलिङ गरे ।  

उनले ४ ओभरमा २५ रन दिएर २ विकेट लिए । पञ्जाव आज आरसीबीलाई हराउँदै शिर्ष स्थानमा पुग्ने दाउमा छ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  १७:३७
प्रतिक्रिया दिनुहोस्