कोहलीको किर्तमानी ब्याटिङमा बैङलुरुले पञ्जावलाई हरायो 

आइतबार, वैशाख ७, २०८२

काठमाडौँ : विराट कोहलीको किर्तमानी ब्याटिङ गरेपछि इण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैङलुरुले पञ्जाव किङग्सविरुद्द शानदार जित निकालेको छ ।

मुलानपुरमा आज भएको खेलमा आरसीबी पञ्जावविरुद्द ७ विकेटको शानदार जित निकालेको हो । योसंगै १८ औं सिजनमा आरसीबीले घरेलु मैदान बाहिर लगातार पाँचौं खेल जितेको हो ।  जितकालागि पञ्जाबले दिएको १५७ रनको लक्ष्य बैङलुरुले १८.५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । उसको जितमा विराट कोहलीले अविजित रहँदै ७३ रन जोडे ।

कोहली आईपीएलमा सर्वाधिक ६७ पटक ५० भन्दा बढी स्कोर गर्ने पहिलो खेलाडी बनेका छन् ।  उनले डेभिड वार्नरलाई समेत पछाडि पारेका छन् । देवदत्त पडिकलले ६१ रन बनाए ।

त्यसअघि मुल्लानपुरको महाराजा यादविन्द्र सिंह रंगशालामा टस हारेर पहिले ब्याटिङमा तानिएको पञ्जावले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५७ रन बनाएको थियो । उसकालागि प्रभसिमरन सिंहले सर्वाधिक ३३ रन जोडे ।

शशांक सिंहले अविजित ३१ ,मार्को जोनसन २५ तथा प्रियांश आर्यले २२ रन बनाए । बलिङतर्फ आरसीबीका क्रुणाल पाण्ड्याले २ विकेट लिए ।

आरसीबीसगंको हारले शिर्ष स्थानमा पुग्ने पञ्जावको योजनामा धक्का लागेको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  १९:१७
प्रतिक्रिया दिनुहोस्