सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय महिला टोलीकालागि नयाँ मुख्य प्रशिक्षकको माग गरेको छ ।
एन्फाले आज सूचना जारी गर्दै लाइसेन्स प्राप्त प्रशिक्षकको आवेदन खुला गरेको हो । आवदेन भर्नाका लागि एन्फाले उमेर समूह वा राष्ट्रिय टोली सम्हालिसकेको र कम्तिमा दुई वर्षको अनुभव भएको हुनुपर्ने बताएको छ ।
प्रशिक्षककालागि उपयुक्त पात्रले सुचना प्रकाशित भएको मितिले ३० दिन भित्र फारम भर्नुपर्नेछ । एन्फाले एएफसी महिला एसियन कप छनोट २०२६ लाई लक्षित गर्दै नयाँ प्रशिक्षक नियुक्त गर्न लागेको हो ।
हाल नेपाली महिला फुटबल राजेन्द्र तामाङले समहालिरहेका छन् ।