सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : इण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा गुजरात टाईटन्सले कोलकात्ता नाईट राईडर्स (केकेआर)सामु जितकालागि १९९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
इर्डन गार्डेन मैदानमा टस हारेर सुरुवाती ब्याटिङ थालेको गुजरातले निर्धारित ओभरमा ३ विकेट गुमाएर १९८ रन बनायो । उसकालागि कप्तान शुभमन गिलले सर्वाधिक ९० रन बनाए । साई सुदर्शनले ३६ बलमा ५२ रन जोडे । दुवैले ११४ रनको ओपनिङ साझेदारी खेले ।
जोस बटलर २३ बलमा ४१ रनमा अविजित रहे। उनको ब्याटबाट ८ चौका निस्कियो । शाहरुख खान पाँच बलमा ११ रन बनाएर अविजित रहे। बलिङतर्फ केकेआरका लागि आन्द्रे रसेल, हर्षित राना र वैभव अरोराले विकेट लिए ।
शिर्ष स्थानको गुजरात आज कोलकात्तालाई हराउँदै दोस्रो स्थानको दिल्ली क्यापिटल्ससंग अंक दुरी बढाउन चाहान्छ । दिल्ली र गुजरातको समान १० अंक भएपनि नेटरनरेटमा अघि रहेको गुजरात शिर्ष स्थानमा छ ।
समान १० अंकको रोयल च्यालेन्जर्स बैगुलुरु तेस्रो तथा ६ अंकको कोलकत्ता ७ औँ स्थानमा छ ।