ADD FOR WEBSIDE ADD FOR WEBSIDE

केकेआर गुजरातसंग ३९ रनले हार्‍यो

मंगलबार, वैशाख ९, २०८२

काठमाडौँ: इण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा शिर्ष स्थानको गुजरात टाईटन्सले छैटौँ जित निकालेको छ ।

सोमवार राती भएको खेलमा कोलकात्ता नाईट राईडर्स (केकेआर)लाई ३९ रनको जित निकालेको हो । जितकालागि गुुजरातले दिएको १९९ रनको लक्ष्य पछ्याएको केकेआरले निर्धारित ओभरमा ८ विकेट गुमाएर १५९ रन मात्र बनाउन सक्यो । उसकालागि कप्तान अजिन्क्या राहानेले सर्वाधिक ५० रन जोडे । अंगकृष रघुवंशीले २७ तथा आन्द्रे रसेलले २१ रन बनाए ।

यसअघि इर्डन गार्डेन मैदानमा टस हारेर सुरुवाती ब्याटिङ थालेको गुजरातले निर्धारित ओभरमा ३ विकेट गुमाएर १९८ रन बनाएको थियो । उसकालागि कप्तान शुभमन गिलले सर्वाधिक ९० रन बनाए । साई सुदर्शनले ३६ बलमा ५२ रन जोडे । दुवैले ११४ रनको ओपनिङ साझेदारी खेले ।

जोस बटलर २३ बलमा ४१ रनमा अविजित रहे। उनको ब्याटबाट ८ चौका निस्कियो ।  शाहरुख खान पाँच बलमा ११ रन बनाएर अविजित रहे। बलिङतर्फ केकेआरका लागि आन्द्रे रसेल, हर्षित राना र वैभव अरोराले विकेट लिए ।

जितसंगै शिर्ष स्थानको गुजरातले दोस्रो स्थानको दिल्ली क्यापिटल्ससंग २ अंकको दुरी बढाएको छ ।

प्रतियोगिता अन्तर्गत आज साँझ ७ः४५ बजे लखनाउ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  ०६:५०
प्रतिक्रिया दिनुहोस्