सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : ब्राजिलियन लेजेण्डरी फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् ।
नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि उनी आज नेपाल आएका हुन् । उनलाई एनएसएलको आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) का पदाधिकारी लगायतले स्वागत गरेका थिए ।
उनले भोली हुने धनगढी एफसी र पोखरा थान्डर्सबीचको दोस्रो क्वालिफायर खेल हेर्नेछन् । यसअघि शुक्रबार नेपाल आउने तालिका रहे पनि स्वास्थ्य अवस्थाका उनको भ्रमण स्थगित भएको थियो ।कार्लोसलाई विश्वकै उत्कृष्ट रक्षकमध्ये एक मानिन्छ ।
५१ वर्षिय कार्लोसले सन् १९९२ देखि २००६ सम्म ब्राजिलका लागि खेलेका थिए । उनीले सन् २००२ को फिफा विश्वकप जितेका थिए ।
उनले ब्राजिलका १२५ खेलमा १० गोल गरेका छन् ।