सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकप लिग–२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को घोषणा गरेको छ ।
क्यानले आगामी जुनमा स्कटल्याण्डमा आयोजना हुने लिग–२ शृंखलाको तयारीका लागि भन्दै ५२ खेलाडीलाई ‘कोर क्याम्प’मा राखेको छ । जसमा १९ बर्ष मुनिका कप्तान नरेन भट्टसंगै युवराज खत्री र सन्तोष यादव पनि टोलीमा थपिएका छन् ।
पहिलो चरणमा ४९ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिएको थियो । क्यानले यी खेलाडीलाई निलो, हरियो, रातो र पहेंलो गरि चार समूहमा विभाजन गरेको छ ।
प्रमुख प्रशिक्षक स्टुअर्ट लको प्रत्यक्ष निगरानीमा यी खेलाडीबीच अभ्यास खेलहरू सञ्चालन गरिनेछ । कोर क्याम्प आगामी शनिवारदेखि तल्लो र माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ ।
उक्त क्याम्पबाट निखारिएका खेलाडीका आधारमा अन्तिम खेलाडी छनौट हुनेछन् ।