ADD FOR WEBSIDE ADD FOR WEBSIDE

खेलकुद मन्त्रीको सम्पत्ति :१५ तोला सुन, १५ हजार ९०६ कित्ता शेयर

बुधबार, जेठ ९, २०८१

काठमाडौँ : युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठको १५ तोला सुन र ५० तोला सुन रहेको सार्वजनिक भएको छ । 
सरकारले मंगलवार सार्वजनिक गरेको मन्त्रीहरुको सम्पत्ति विवरण अनुसार पैतृक र विवाहबाट  १५ तोला सुन र चाँदी ५० तोला रहेको छ ।

आर्थिक वर्ष २०८०/०८१ चैतसम्ममा मन्त्री श्रेष्ठको अचल सम्पत्तितर्फ काठमाडौं महानगरपालिका २४ मा २ आना र वडा नम्बर १३ मा ४ आनामा बनेको घर छ ।
यस्तै विभिन्न ८ वटा बैंकमा गरी ८३ लाख, ७२ हजार ७५४ रुपैंया मौज्दात रहेको मन्त्री श्रेष्ठले सम्पत्ति विवरण बुझाएका छन् । जसमा स्वआर्जन तर्फ लुम्बिनी विकास बैंकमा ३५ लाख ३० हजार ४०७ रुपैंया, एभरेष्ट बैंकमा ४१८ रुपैंया, नविल बैंकमा ४ हजार ८३ रुपैंया र सिनर्जी कोअपरेटिभ लि. मा ३ लाख ४१ हजार रुपैंया रकम मौज्दात छ । 
यस्तै, सिनर्जी कोअपरेटिभ लि. मै १५ लाख रुपैंया पैतृक सम्पत्ति तथा २५ लाख रुपैंयाको स्रोत मन्त्री श्रेष्ठले पैतृक, विवाह र स्वआर्जन भनेका छन् । उनले पारिश्रमिकबाट आर्जन भएको रकम ४ लाख ९१ हजार ८४६ रुपैंया राष्टिय वाणिज्य बैंकमा रहेको बताएका छन् । 


धितोपत्रतर्फ नेपाल स्टक एक्सचेन्जमा सूचीकृत विभिन्न कम्पनिहरुको १५ हजार ९०६ कित्ता शेयरको १ करोड ९ लाख ८० हजार ५०९ रुपैैंया रहेको सरकारद्धारा सार्वजनिक उनको सम्पत्ति विवरणमा उल्लेख छ । 
मन्त्री श्रेष्ठले एम जी इलेक्टिकल भेहिकल खरिद गर्नको लागि ३० लाख रुपैंया नविल बैंकबाट, बुबाबाट २० लाख ऋण लिएका थिए भने उनले ३ लाख ५० हजार रुपैंया ऋण तिरेको बताएका छन् ।
मन्त्री श्रेष्ठले सवारीसाधनतर्फ बुलेट बाइक बेचेका छन् भने एक स्कुटर, एक ल्याण्ड क्रुजर टोयटा र एक एमजी विद्युतीय सवारी जोडेका छन् । उनले बा.१ च. ७५९३ नम्बरको ल्याण्ड क्रुटर टोयटा २०६६ साल साउन २५ गते ८ लाख ५० हजार रुपैंयामा किनेका थिए ।
यस्तै, ०७६ भदौ ५ गते २ लाख ४६ हजार रुपैंया मूल्यमा प्रदेश ३ -०२- ००८ प ३०८९ नम्बरको स्कुटर र ७६ फागुन २ गते १९ लाख ७५ हजार रुपैंयामा प्रदेश ३ -०१- ०२३ च ३२४४१ नम्बरको एमजी विद्युतीय सवारी खरिद गरेका थिए ।
इलेक्ट्रिकल भेहिकल खरिदका लागि नविल बैंकबाट ३० लाख रुपैंया ऋण लिएको बताएका उनले आफैंले प्रयोग गरिरहेको विद्युतीय सवारी किन्न रकम प्राप्तिको स्रोत भने बुबाको नाममा रहेको बा ६ च ९२८९ नम्बरको सवारी विक्रि र मुद्दती खाताबाट अरु स्व-आर्जन गरेको जिकिर गरेका छन् ।
उनले आफुसँग रहेका टिसोट, स्वीस, अर्मानी र अवेर्ना ब्राण्डका घडीहरुको खरिद मूल्य ३ लाख रुपैंया रहेको बताएका छन् । 
उनले आफुसँग रहेका सम्पत्तिको विवरण २०८० चैत २२ गते बुझाएका थिए । नेपाल सरकारमा रहेका मन्त्रीहरुले मन्त्री नियुक्त भएको ६० दिन भित्र आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बुझाउनुपर्ने संवैधानिक व्यवस्था छ ।

-हेर्नुहोस खेलकुदमन्त्रीको पुरा सम्पत्ति विवरण :

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  ११:०३
प्रतिक्रिया दिनुहोस्