सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लव र साबिक विजेता विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले विजयी सुरुवात गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा बुधबार सम्पन्न खेलमा टिपटप न्यू डाइमण्ड बिरुद्ध ३–० को सोझो सेटमा जित निकालेको हो । पुलिस क्लवले न्यू डाइमण्डलाई २५–१५, २५–२०, २५–१३ ले पराजित गरेको हो ।
उद्घाटन खेलमा एपिएफलले विभागीय प्रतिद्धन्द्धी त्रिभुवन आर्मी क्लबविरुद्ध ३–० को सोझो सेटमा जित निकाल्यो । एपिएफले खेल २५–२०, २५–१३, २५–१६ ले आफ्नो पक्षमा पार्यो ।
१३ गते सम्म चल्ने प्रतियोगितामा भोली विभागीय टोलीहरु एपिएफ र आर्मीले एभरेष्ट भलिवल क्लवसँग प्रतिस्पर्धा गर्नेछ ।