सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : नियुक्त भएको एक महिनापछि मुख्य प्रशिक्षक स्टुअर्ट नेपाल र्आपुग्ने भएका छन् ।
अस्ट्रेलियाली प्रशिक्षक ल राति ८ बजे नेपाल अवतरण गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । उनले भारतीय कोच मोन्टी देसाइको स्थान लिएका छन् । स्टुअर्ट ललाई नेपाल टिमको मुख्य प्रशिक्षकको रूपमा गत चैत १४ गते नियुक्त गरिएको थियो ।
उनको आगमनसँगै क्यानले टिम छनोटको लागि कोर क्याम्प आयोजना गर्न लागेको छ ।
भोलिदेखि २० वैशाखसम्म चल्ने यस क्याम्पमा ५२ खेलाडीलाई चार समुहमा विभाजन गरी प्रतिस्पर्धा गराइनेछ । यो क्याम्प मुलपानीको माथिल्लो र तल्लो मैदानमा हुने छ । ५६ वर्षीय स्टुअर्टले आफ्नो करियरमा बंगलादेश, वेस्ट इन्डिज, श्रीलंका र अफगानिस्तानका मुख्य प्रशिक्षकका रूपमा काम गरेका छन् ।
उनले अमेरिकासम्मको प्रशिक्षकको रूपमा पनि अनुभव लिएका छन् ।