ADD FOR WEBSIDE ADD FOR WEBSIDE

महिला विश्वकप छनोटका नेपाली टोली घोषणा

शुक्रबार, वैशाख १२, २०८२

काठमाडौँ :थाइल्यान्डमा हुने आइसिसी महिला विश्वकप एसिया छनोटका लागि १४ सदस्यीय टोली घोषणा गरेको छ  ।

नेपाल क्रिकेट संघ (क्यान) ले आज घोषणा गरेको टोलीमा कप्तानको भुमिकामा इन्दु बर्मा तथा पूजा महतो उपकप्तानको रूपमा चुनिएका हुन् । टोलीमा इन्दु र पूजासँगै रुविना क्षेत्री, रोमा थापा, बिन्दू रावल, कविता जैशी, सम्झना खड्का, राजमती ऐरी, रुवि पोद्दार, कविता कुँवर, सबनम राई, ईश्वरी विष्ट, मनीषा उपाध्यय र रिया शर्मा समावेश छन् ।  

प्रतियोगिता ९ मेदेखि २० मेसम्म थाइल्यान्डमा आयोजना हुनेछ । प्रतियोगितामा नेपालसहित घरेलु टोली थाइल्यान्ड, बहराइन, भुटान, हङकङ, कुवेत, मलेसिया, कतार र युएई प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । नेपाल समूह सी मा रहेको छ, जसमा हङकङ र बहराइन छन् । नेपालले पहिलो खेल ९ मेमा हङकङसँग खेल्नेछ ।

हरेक समूहको विजेता फाइनल राउन्डमा प्रवेश गर्नेछन् ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  २०:३४
प्रतिक्रिया दिनुहोस्