ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपाल आइपुगे मुख्य प्रशिक्षक स्टुवार्ट ल 

शनिबार, वैशाख १३, २०८२

काठमाडौँ :नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक स्टुवार्ट ल नेपाल आइपुगेका छन् ।

उनी शुक्रबारराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन् । क्यानले आज शनिबारदेखि नै ५२ खेलाडी समावेश गरेर अभ्यास खेल सुरु गर्दैछ । मुख्य प्रशिक्षक स्टुवार्टलाई पनि सोही खेलअघि सार्वजनिक गर्ने क्यानको तयारी छ । यही अभ्यास खेलको अवलोकन गर्दै स्टुवार्टले आफ्नो योजनाअनुसार टोली निर्माण गर्नेछन् ।

खेलाडी छनोटकै लागि क्यानले चार टोली बनाएर दुई चरणको लिग सञ्चालन गर्न लागेको छ । नेपाल क्रिकेटसंघ क्यानले  चैत १५ गते अष्ट्रेलियन पूर्वब्याटर स्टुवार्टलाई अप्रिलदेखि लागू हुने गरी २ वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । तर उनी नियुक्त भएको झण्डै एक महिनापछि मात्रै नेपाल आएका हुन् । 
 

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  ०५:५७
प्रतिक्रिया दिनुहोस्