ADD FOR WEBSIDE ADD FOR WEBSIDE

सातौँ हारपछि चेन्नइको प्लेअफ’ सम्भावना कमजोर

शनिबार, वैशाख १३, २०८२

काठमाडौँ :इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा चेन्नइ सुपर किंग्सको ‘प्लेअफ’ सम्भावना कमजोर बनेको छ ।

शुक्रबारराती भएको खेलमा सनराइजर्स हैदराबादसँग ५ विकेटले पराजित भएसंगे चेन्नइको प्लेअफ सम्भावना कमजोर बनेको हो । चेन्नइले दिएको १ सय ५५ रनको मध्यम लक्ष्य हैदराबादले ८ बल बाँकी हुँदै ५ विकेट गुमाएर पूरा भेट्टायो ।  हैदराबादको जितमा इशान किशनले ४४ रन जोडे । कमिन्दु मेन्डीसले ३२ तथा ट्रेभिस हेड र नितिश कुमार रेड्डीले समान १९ रन बनाए । चेन्नइको यो सातौँ हार हो ।  

एमए चिदम्बरम स्टेडियम (चेपाक) मा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नइले १९.५ ओभरमा अलआउट हुँदै १ सय ५४ रन बनाएको थियो । उसकालागि डेवाल्ड ब्रेभिसले सर्वाधिक ४२ तथा आयुस महत्रीले ३० रन जोडे । दिपक हुडाले २२ ,विन्द्र जडेजाले २१ रन बनाएका थिए ।

प्रतियोगिता अन्तर्गत  आज कोलकाता नाईड राईडर्स र पञ्जाब किङ्ग्सबीच प्रतिस्पर्धा हुँदैछ ।  पञ्जाब छैटौं जित निकाल्दै तालिकाको चौंथो स्थानमा उक्लने दाउमा रहँदा सातौं स्थानमा रहेको कोलकाता प्लेअफको सम्भावनालाई कायम राख्नुपर्ने दबाबमा हुनेछ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  ०७:४१
प्रतिक्रिया दिनुहोस्