ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपालले स्कटल्याण्ड र नेदरल्याण्ड्ससंग टी–२० सिरिज खेल्ने

शनिबार, वैशाख १३, २०८२

काठमाडौँ :आईसीसी विश्वकप लिग–२ लगत्तै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० आई सिरिजको घोषणा गरेको छ ।

क्रिकेट स्कटल्याण्डले घरेलु मैदानमा आयोजना गर्न लागेको सिरिजमा नेपाल र नेदरल्याण्ड्सले पनि खेल्नेछन् । प्रतियोगिता आगामी जुन १५ बाट जुन २० सम्म हुनेछ । प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेल जुन १६ मा नेदरल्याण्ड्ससंग खेल्नेछ ।


जुन १७ मा स्कटल्याण्ड,जुन १८ मा नेदरल्याण्ड्स र जुन २० मा स्कटल्याण्डसंग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको टिकट अर्को महिना बिक्रि गर्ने क्रिकेट स्कटल्याण्डले जनाएको छ ।

जुलाई ५ देखि ११ सम्म नेदरल्याण्ड्समा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप छनोटमा खेल्नुअघि स्कटल्याण्डको लागि त्रिकोणीय शृङ्खला महत्वपूर्ण तयारीको रूपमा हेरिएको छ ।

स्कटल्याण्ड र नेदरल्याण्ड्स बाहेक, ग्वेर्नसे, जर्सी र इटाली प्रतियोगितामा सहभागी हुनेछन् । जसबाट शीर्ष दुई टोलीहरू भारत र श्रीलंकामा खेलिने २०२६ पुरुष टी–२० विश्वकपको लागि छनोट हुनेछन् ।

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  १३:२९
प्रतिक्रिया दिनुहोस्