ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपाल यलोले नेपाल ग्रिनलाई दियो १९७ रनको लक्ष्य

शनिबार, वैशाख १३, २०८२

काठमाडौँ :कोर क्याम्प अन्तर्गत नेपाल यलोले नेपाल ग्रिनसामु १९७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आएलगत्तै सुरु भएको कोर क्याम्प अन्तर्गत एव दिवशीय प्रतियोगिता अन्तर्गतको यस खेल तल्लो मुलपानी अन्तराष्ट्रिय मैदानमा जारी छ । टस हारेर पहिले ब्याटिङमा तानिएको नेपाल यलो ४६ ओभरमा अलआउट हुँदै १९६ रनमा समेटियो ।

उसकालागि रुपेश कुमार सिंले सर्वाधिक ५७ रनको योगदान गरे । कुशल भुर्तेलले ४४,सुजन थपलियाले ३०,सन्तोष कार्कीले २२ तथा मयन यादवले १५ रन जोडे ।

बलिङतर्फ सन्तोष यादव र सागर ढकालले समान ती तीन विकेट लिँदा राशिद खानले दुई विकेट हात पारे ।
 

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  १४:३०
प्रतिक्रिया दिनुहोस्