सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :भिम सार्कीले बिस्फोटक ब्याटिङ गर्दै शतकिय पारी खेलेपछि कोर क्याम्प अन्तर्गत नेपाल रेडले नेपाल ब्लुसामु ३४८ रनको बलियो लक्ष्य दिएको छ ।
माथिल्लो मुलपानी अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा तानिएको नेपाल रेडले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३४७ रन बनायो । उसकालागि भिम सार्कीले १२६ रनको शतकिय पारी खेले । शुभ कंसाकारले ७३,आरिफ शेखले ५३ तथा बसिर अहमदले अविजित ३७ रन जोडे ।
बलिङतर्फ करण केसीले सर्वाधिक २ विकेट लिए । रोहित पौडेल,सूर्य तामाङ र हेमन्त धामीले एक विकेट हात पारे ।