ADD FOR WEBSIDE ADD FOR WEBSIDE

महिला भलिबल प्रतियोगिताको उपाधी पुलिसलाई

शनिबार, वैशाख १३, २०८२

काठमाडौँ : नेपाल पुलिस क्लबले आठौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधी जितेको छ ।

आज भएको फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले पहिलोपटक यस प्रतियोगिताको उपाधि हात पारेको हो। डिफेन्डिङ च्याम्पियन एपीएफलाई २५-१५ २५-२३ र २५-१६ को सेटमा हराउँदै नेपाल पुलिस क्लबले ४ लाख ९९ हजार नगदसहित उपाधि हात पारेको हो। पु

लिसले यस प्रतियोगितामा कुनै पनि सेट नगुमाई उपाधि प्राप्त गरेको हो । समूह चरणमा टिप टप न्यु डाइमण्डलाई र सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई समेत सोझो सेटमा हराउँदै फाइनल पुगेको पुलिसले यो ऐतिहासिक सफलता हात पारेको हो।

उपविजेताले बनेको एपीएफले २ लाख ५० हजार र त्रिभुवन आर्मीलाई हराउँदै तेस्रो भएको टिप टप न्यु डाइमण्डले १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गरेको छ।

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  १६:३२
प्रतिक्रिया दिनुहोस्