सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : द कोर क्याम्प एक दिवशीय क्रिकेटमा नेपाल रेडले विजयी सुरुवात गरेको छ ।
आज भएको खेलमा नेपाल ब्लुलाई १९९ रनले हराउँदै नेपाल रेडले शानदार जित निकालेको हो । नेपाल रेडले दिएको ३४८ रनको लक्ष्य पछ्याएको नेपाल ब्लुले ३१.१ ओभरमा सवै विकेट गुमाएर १४८ रन मात्रै बनाउन सक्यो ।
उसकालागि कुशल मल्ले सर्वाधिक २६ रन जोडे । सन्दिप जोराले २५,प्रज्वल थापाले २४ रन बनाए । गुल्शन झाले १४ तथा रोहित पौडेलले ११ रन बनाए । बलिङतर्फ प्रतिश जिसी र साहब आलमले सर्वाधिक ३–३ विकेट लिए ।
त्यसअघि माथिल्लो मुलपानी अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा तानिएको नेपाल रेडले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३४७ रन बनाएको थियो । उसकालागि भिम सार्कीले बिस्फोटक ब्याटिङ गर्दै १२६ रनको शतकिय पारी खेले । शुभ कंसाकारले ७३,आरिफ शेखले ५३ तथा बसिर अहमदले अविजित ३७ रन जोडे ।
बलिङतर्फ करण केसीले सर्वाधिक २ विकेट लिए । रोहित पौडेल,सूर्य तामाङ र हेमन्त धामीले एक विकेट हात पारे । टस हारेर पहिले ब्याटिङमा तानिएको नेपाल यलो ४६ ओभरमा अलआउट हुँदै १९६ रनमा समेटियो ।
उसकालागि रुपेश कुमार सिंले सर्वाधिक ५७ रनको योगदान गरे । कुशल भुर्तेलले ४४,सुजन थपलियाले ३०,सन्तोष कार्कीले २२ तथा मयन यादवले १५ रन जोडे ।बलिङतर्फ सन्तोष यादव र सागर ढकालले समान तीन तीन विकेट लिँदा राशिद खानले दुई विकेट हात पारे ।
आजै भएको अर्को खेलमा नेपाल यलोले नेपाल ग्रिनलाई १७ रनले पराजित गरेको छ ।
जितकालागि यलोले दिएको १९७ रनको लक्ष्य पछ्याएको ग्रिनले ४३.१ ओभरमा सवै विकेट गुमाएर १७९ रन बनाएको थियो । उसकालागि दिलिपनाथले सर्वाधिक ३९ रन जोडे । अर्जुन कुमालले ३० तथा आकाश त्रिपाठीले २७ रन बनाएका थिए ।
यसअघि तल्लो मुलपानी अन्तराष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङमा तानिएको नेपाल यलो ४६ ओभरमा अलआउट हुँदै १९६ रनमा समेटिएको थियो ।
उसकालागि रुपेश कुमार सिंले सर्वाधिक ५७ रनको योगदान गरे । कुशल भुर्तेलले ४४,सुजन थपलियाले ३०,सन्तोष कार्कीले २२ तथा मयन यादवले १५ रन जोडे । बलिङतर्फ सन्तोष यादव र सागर ढकालले समान तीन -तीन विकेट लिँदा राशिद खानले दुई विकेट हात पारे ।