खेल रद्द भएपनि पञ्जाव प्लेअफ नजिक

आइतबार, वैशाख १४, २०८२

काठमाडौँ :इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार कोलकाता नाइट राइडर्स र पञ्जाब किंग्सबीचको खेल वर्षाले बिथोलिएको छ ।

निरन्तर वर्षापछि खेल रद्द गरिएको छ । खेल रद्द हुँदा दुवै टोलीले १–१ अङ्क बाँडेका छन् । ईडन गार्डन्समा टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले ४ विकेट गुमाएर २०२ रन बनाएको थियो । पञ्जाबका लागि प्रभसिमरन सिंहले ८३ र प्रियांश आर्याले ६९ रनको उत्कृष्ट पारी खेले। कोलकाताका वैभव अरोड़ाले २ विकेट लिए ।

२०३ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको कोलकाताले १ ओभरमा विना विकेट क्षति ७ रन बनाउँदा वर्षा शुरु भएपछि खेल पुनः सुरु हुन सकेन र अन्ततः रद्द गरियो । खेल रद्द भएपनि पञ्जाव प्लेअफको नजिक पुगेको छ । यो एक अंकसँगै पञ्जाबले मुम्बई इन्डियन्सलाई पछाडि पार्दै शीर्ष ४ मा स्थान बनाएको हो ।

यो खेल अघि मुम्बई र पञ्जाब दुवै टोलीको १०–१० अंक थियो । पञ्जाव ११ अंक सहित चौथो स्थानमा पुगेको छ । 


 

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  ०७:५३
प्रतिक्रिया दिनुहोस्