ADD FOR WEBSIDE ADD FOR WEBSIDE

सन्दीपको भिषा लगाउन उच्च तहबाट पहल गरिँदै

विश्वकप खेल्न पाउनेमा क्यान आशावादी
बुधबार, जेठ ९, २०८१

काठमाडौँ :  क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिषा दिन अस्वीकार गरेसँगै नेपाल क्रिकेट संघ क्यानले उच्चस्तरबाट पहल कदमी थालेको छ । 
बुधवार अन्तवार्ता लिन बोलाएको काठमाडौंस्थित अमेरिकी दुतावासले सन्दीपलाई भिषा दिन अस्वीकार गरेर फिर्ता पठाएका हुन् । क्यानले टीट्वान्टी विश्वकप खेल्नका लागि सन्दीपलाई अमेरिका पठाउन लागेको थियो । 
यसअघि नै अमेरिका पुगिसकेको नेपाली टोली परिवर्तन गर्ने समय दुइ दिन मात्रै बाँकी रहँदा सन्दीपको भिषा अस्वीकृत भएको हो । यद्यपी, क्यान अझै आशावादी छ । 
सन्दीपको भिषा अस्वीकृत भएसँगै क्यानका महासचिव पारस खड्का सन्दीपलाई लिएर पुनः अमेरिकी दुतावास पुगेका छन् भने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भिषा रिजेक्ट गर्नुपर्ने कुनै कारण नभएको प्रतिक्रिया दिएका छन्  ।


स्पोर्टस् हबसँग कुरा गर्दै क्यानका अध्यक्ष चन्दले भने, “इन्टरभ्युमा बोलाएको थिया आज,  इन्टरभ्युमा बोलाएर दिन सकिँदैन भनेर रिजेक्ट गर्दिएको छ । दुःख लागेको छ । हामी फेरी सरकारी तवरबाट, प्रधानमन्त्रीबाट, परराष्ट्रमन्त्रीबाट पहल गर्दैछौँ।”
विश्वकप खेल्ने आश नमरेको चन्दले बताए  । २४ तारिख रातिसम्म अमेरिका पुग्ने समय भएकाले आशा अझै बाँकी रहेको उनको भनाई छ । 
उनले थपे, “सबै कुरा राम्रो भयो भने भिजा भोलि नै पर्सिनै मिल्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन । त्यसकारणाले हामी आशावादी छौं । उसको भिजा रिटेक्ट हुनुपर्ने कारण थिएन । के कारणले रिजेक्ट भएको रहेछ । फेरी पनि सरकारसँग माथिल्लो लेभलको कुरा भएको हुनाले हामी सरकारसँग प्रधानमन्त्रीसँगै कुरा गर्दैछौं।”

यसअघि अमेरिकी दुतावासले सन् २०१९ मा पनि सन्दीपलाई भिषा दिन अस्वीकार गरेको थियो । त्यसको ब्यापक आलोचना भएपछि अन्ततः अमेरिकी दुतावासले सन्दीपलाई भिषा दिएको थियो । यसपटक सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी-२० विश्वकपमा सहभागी हुन जान अमेरिकाको भिसा एप्लाई गरेका थिए ।

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १७:४५
प्रतिक्रिया दिनुहोस्