सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :महिला एसिया कप छनौट फुटबलका लागि ४८ खेलाडी बन्द प्रशिक्षणमा परेका छन् ।
मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बन्द प्रशिक्षणका लागि प्रारम्भिक टोलीमा ४८ खेलाडीको नाम समावेश गरेका हुन् । एएफसी महिला एसियाली कप अष्ट्रेलिया २०२६ अष्ट्रेलियामा हुँदैछ । त्यसैको तयारी स्वरुप नेपालले त्यसअघि थाइल्याण्डसँग आगामी जुनमा दुई मैत्रीपूर्ण खेल खेल्न लागेको छ । दुवै खेल बैंककमा हुनेछन् ।
जुन २९ देखि जुलाई ५ सम्म हुने एएफसी वुमन्स एसियन कप क्वालिफायरमा नेपाल छनोट समुहको एफमा परेको छ । उक्त समुहमा नेपालसंगै लाओस, श्रीलंका र उज्बेकिस्तान रहेका छन् । नेपाल, उज्वेकिस्तान, लाओस र श्रीलंका एकै समूहमा छन् । प्रारम्भिक टोली गोलकिपरः अन्जिला टर्नबापो सुब्बा, अञ्जना राना मगर, कोपिला खड्का, लिला जोशी, सावित्री किशन, उषा नाथ । डिफेन्डरः अमृता जैसी, विमला विक, गीता राना, मममाया दमाई, निशा थोकर, पूजा राना, प्रतीक चौधरी, सबिना चौधरी, सजनी थोकर, समीक्षा घिमिरे, सेमी हाङ्मा लिम्बु पण्डक, यशोधा शाही । मिडफिल्डरः अनिता बस्नेत, अञ्जली चन्द, विमला चौधरी, बिरसाना चौधरी, हेमा चौधरी, हेमा रावत, कुसुम खतिवडा, प्रीति राई, रेणुका नगरकोटी, सविता राना मगर, सहारा लिम्बु, समिहाना लावती, सरस्वती हमाल, सेनकु सुक्रुया, सेनविरु सुक्रुया, सेनविरु सुक्रुया। मिया, सुष्मा तामाङ, तुलसा बोहरा । फरवार्डः अनिता केसी, अनिता लम्जेल, चन्द्र भण्डारी, जेनिफर मगर, ममता पम, मिना देउवा, पूर्णिमा राई, रशिमी कुमारी घिसिङ, रेखा पौडेल, सावित्रा भण्डारी, समीक्षा राई ।