सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।
आइतवार राती भएको खेलमा दिल्ली क्यापिटल्सलाई छ विकेटले पराजित गर्दै आरसीबी अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । जितकालागि दिल्लीले दिएको एक सय ६३ रनको लक्ष्य आरसीबीले १८ ओभर तीन बलमा चार विकेट गुमाएर भेट्टायो ।
उसकालागि क्रुनाल पाण्ड्याले सर्वाधिक ७३ रन बनाए । विराट कोहलीले ५१ तथा टिक डेविटले १९ रन बनाए ।
त्यसअघि अरूण जेटली स्टेडियममा टस हारेर पहिले ब्याटिङमा तानिएको दिल्लीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १६२ रन बनाएको थियो । उसकालागि केएल राहुलले सर्वाधिक ४१ रन जोडे । ट्रिस्टान स्टब्सले ३४ रन बनाए तथा अभिषेक पोर्लले २८ रन जोडे ।