सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :इङलिश प्रिमियर लिगको उपाधि लिभरपुलले जितेको छ ।
आइतवार राती सम्पन्न खेलमा टोटनह्यामलाई ५–१ गोलले पाखा लगाउँदै लिभरपुलले सिजनका चार खेल अघि उपाधि हात पारेको हो । जितसंगै लिभरपुलले सबैभन्दा बढी २० पटक लिग जित्ने म्यानचेस्टर युनाइटेडको रेकर्ड समेत बराबरी गरेको छ ।
लिभरपुलले पछिल्लो पटक २०१९–२० सिजनको लिग जितेको थियो । त्यस यता लगातार प्रिमियर लिगमा म्यानचेस्टर सिटीको दबदबालाई लिभरपुलले तोड्न सफल भएको हो ।
जितपछि लिभरपुलको ३४ खेलमा ८२ अंक भएको छ । लिभरपुल हाल दोस्रो स्थानमा रहेको आर्सनल भन्दा स्पष्ट १५ अंकले अगाडी रहेको छ । म्यानचेस्टर युनाइटेडले भने पछिल्लो पटक २०१२–१३ सिजन जिते यता प्रिमियर लिग जित्न सकेको छैन ।
आइतवारनै भएको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नमाउथसंग १–१ गोलको बराबरी खेलेको छ ।