सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :अखिल नेपाल फुटबलसंघ (एन्फा)ले दुई महत्वपूर्ण अन्तराष्ट्रिय खेलका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ ।
हङकङ विरुद्धको आगामी मैत्रीपूर्ण खेल र ला-ओस विरुद्धको एएफसी एसियाली कप २०२७ छनोटका लागि मुख्य प्रशिक्षक म्याट रसले आज ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका हुन् ।
नेपालले जुन ५ मा हङकङको सामना गर्नेछ भने जुन १० मा लाओससँग अवे खेल खेल्ने एन्फाले जनाएको छ । छनोट भएका सबै खेलाडीहरूलाई आगामी बुधवार दिउँसो ३ बजेसम्म सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पर्क गर्न एन्फाले अनुरोध गरेको छ । प्रारम्भिक टोलीः गोलकिपरहरुमा : किरण चेम्जोङ, विशाल सुनार र दिप कार्की । अभिषेक लिम्बु, अमृत श्रेष्ठ, अनन्त तामाङ, अञ्जन विष्ट, अञ्जल श्रेष्ठ, एरिक विष्ट, आयुष घ्लान, विमल पाण्डे रहेका छन् ।
जिलेस्प्ये जंग कार्की, कतिश छेन्जु,कुलदीप कार्की ,कुशल देउवा ,मणिकुमार लामा, मनिष डाँगी, निरजन धामी, रोहन कार्की, रोहित चन्द, सनिश श्रेष्ठ, सन्तोष खत्री, सृजन राज, सुदीप गुरुङ, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, सुरज जेउ ठकुरी, सुवास ठकुरी बम, योगेश गुरुङ रहेका छन् ।