ADD FOR WEBSIDE ADD FOR WEBSIDE
आईपिएल :

बैंलुरुले राजस्थानलाई दियो १७३ रनको चुनौति 

बुधबार, जेठ ९, २०८१

काठमाडौँ :ईण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेट एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंलुरु (आरसीबी)ले राजस्थान रोयल्ससामु जितका लागि १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ । अहमदावाद स्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङमा तानिएको आरसीबीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७२  रन बनायो ।

बैंलुरुका लागि रजत पाटीदारले सर्बाधिक ३४ रनको योगदान गरे । विराट कोहलीले २३ माहिपाल लोमरले ३२ तथा क्यामरुन ग्रिनले २७ रन जोडे । कप्तान फाप दु प्लेसीसले १७ तथा दिनेश कार्तिकले ११ रनको योगदान गरे ।

विजेता टोलीले फाईनल प्रवेशकालागि दोस्रो क्वालिफायर खेल्नुपर्नेछ भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ । फाईनलको सम्भावना जिवितै राख्न दुवै टोलीमाथि जित्नै पर्ने दवाब छ ।फाईनलमा पुग्न एलिमिनेटरको विजेताले पहिलो क्वालिफायरमा पराजित टोली सनराईजर्स हैदरावादसंग खेल्नुपर्नेछ । 
 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  २१:३४
प्रतिक्रिया दिनुहोस्