सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
विराटनगर : वागमती प्रदेशलाई हराउँदै विभागिय टोली त्रिभुन आर्मी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता एमएम कपको फाईनलमा प्रवेश गरेको छ ।
आज भएको लिग चरणको अन्तिम खेलमा वागमतीलाई ५ विकेटले हराउँदै आर्मीले फाइनलमा स्थान सुरक्षित बनाएको हो । जितकालागि वागमतीले दिएको ९७ रनको लक्ष्य आर्मीले १७.३ बलमा ५ विकेट गुमाएर भेट्टायो ।
आर्मीको जितमा निश्चल क्षेत्रीले ४६ रनको योगदान दिँदा हिमाञ्सु दत्तले १८ रन बनाए । वागमतीका दयानन्द मण्डलले २ विकेट लिँदा तिलकराज भण्डारी र आदिल खानले १–१ विकेट दिए ।
त्यसअघि विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा तानिएको वागमतीले २४ दशमलव ३ बलमा सवै विकेट गुमाई ९६ रन मात्रै बनाउन सक्यो । उसकालागि कप्तान सिचिन लेखकले २४ रन बनाउँदा प्रतिक श्रेष्ठले १५ रन र आदिल खानले १० रन बनाउनुबाहेक अरु ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् ।
आर्मीका प्लेयर अफ म्याच नरेन राउदले ६ ओभरमा २७ रन दिएर ५ विकेट लिँदा दुर्गेश गुप्ताले २ विकेट लिए ।आइतबार राती वर्षा भए पछि खेल २६ ओभरमा छोट्याईएको थियो ।
भोली मंगलबार हुने खेलमा आयोजक कोशी प्रदेश र नेपाल प्रहरीको पुलिस क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले जानकारी दिए ।