यू–२० एएफसी महिला एसियन कप छनोटको ड्र सार्वजनिक

सोमबार, वैशाख १५, २०८२

काठमाडौँ :यू–२० एएफसी महिला एसियन कप छनोटको ड्र सार्वजनिक भएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी)ले आज सार्वजनिक गरेको ड्र अन्तर्गत नेपाल समूह ‘ए’मा परेको छ ।

यो समूहमा नेपालसँगै उत्तर कोरिया, भुटान, मंगोलिया र साउदी अरब पनि रहेका छन् । यो समूहको खेल भुटानमा हुनेछ । सार्वजनिक ड्र अनुसार सात समूहमा चार-चार टोली छन् भने एक समूहमो पाँच टोलीरहेका छन् ।

सन् २०२१ सम्म १९ बर्ष मुनिको महिला एसियन कपको नाममा हुँदै आएको थियो । २०२२ देखि भने २० बर्ष मुनिको एएफसी महिला एसियन कपको रूपमा सोही प्रतियोगितालाई निरन्तरता दिइएको हो ।

अगस्ट २ देखि १० सम्म हुने छनोटमा २३ राष्ट्र सहभागी हुनेछन् ।

u20-asican-cup-1745843516.jpg


 

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १८:२५
प्रतिक्रिया दिनुहोस्