नेपाल यलोद्वारा नेपाल रेडसामु १५९ रनको लक्ष्य

मंगलबार, वैशाख १६, २०८२

काठमाडौँ :द-कोर क्याम्प पुरुष एकदिवशीय क्रिकेटमा नेपाल यलोले नेपाल रेडसामु १५९ रनको लक्ष्य दिएको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा तानिएको नेपाल यलोले ४०.१ ओभरमा सवै विकेट गुमाउँदै १५८ रन बनायो । उसकालागि दिपेन्द्र सिं ऐरीले अविजित रहँदे सर्वाधिक ९० तथा रुपेश कुमार सिंले १६ रन बनाएपनि अन्य कुनै पनिब्याटरले दोहोरो अंकका रन छुन सकेनन् ।  कुशल भुर्तेल र ललित राजवंशीले खाता नै खोल्न सकेनन् ।

बलिङतर्फ नन्दन कुमार यादवले सर्वाधिक ३ तथा प्रतिश जिसीले २ विकेट लिए । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  १४:०१
प्रतिक्रिया दिनुहोस्