सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
विराटनगर :मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता एमएम कपमा नेपाल पुलिस क्लब कोशी प्रदेशसंग स्तब्ध बनेको छ ।
आज भएको खेलमा आयोजक कोशीले पुलिसलाई ३७ रनले पराजित गरेको हो । जितकालागि कोशीले दिएको ९४ रनको सामान्य लक्ष्य पछ्याएको पुलिस २४ दशमलव ५ बलमा अलआउट हुँदै ५६ रनमा समेटियो ।
पुलिसका कुनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । कोशीको जितमा प्लेयर अफ म्याच प्रेम कामतले ९ ओभरमा १५ रन दिएर ५ विकेट लिँदा प्रकाश कार्कीले ३ विकेट दिए ।
त्यसअघि विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ थालेको कोशीले ५० ओभरको खेलमा २९ दशमलव ३ बलमा सवै विकेट गुमाई ९३ रन बनाएको थियो । कोशीका रुपक बरालले २१ रन बनाउँदा मिनस थापा र सुमन गहतराले समान १५–१५ रन बनाउनुबाहेक अरु ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । पुलिसका सुनिल दौल्यानले ८ ओभरमा २५ रन दिएर ५ विकेट लिँदा विपिन कार्की र चित्र विष्टले २–२ विकेट लिए ।
भोली (बुधबार) समुह 'बी 'को दोस्रो लिग खेलमा आयोजक कोशी प्रदेश र भारतको आसाम क्लव विच प्रतिस्पर्धा हुने आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले जानकारी दिए ।