कोर क्याम्प: नेपाल रेड र नेपाल ब्लु बिजयी 

मंगलबार, वैशाख १६, २०८२

काठमाडौँ : द–कोर क्याम्प पुरुष एकदिवशीय क्रिकेटमा नेपाल रेड र नेपाल ब्लु बिजयी भएका छन् ।

आज भएको तेस्रो दिनको खेलमा नेपाल ब्लूले नेपाल ग्रिनलाई ६४ रनले पराजित गर्दा अर्को खेलमा नेपाल रेडले नेपाल यलोविरुद्ध ८ विकेटको जित निकालेको हो ।

४७ ओभरमा झारिएको खेलमा जितकालागि येलोले दिएको १५९ रनको लक्ष्य नेपाल रेडले २९.४ ओभरमा २ विकेट गुमाएर भेट्टायो । उसकालागि अर्जुन साउदले सर्वाधिक ८६ रनको योगदान गरे । शुभ कंसाकारले ३० तथा तिर्थराज दासले २९ रन बनाए ।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा तानिएको नेपाल यलोले ४०.१ ओभरमा सवै विकेट गुमाउँदै १५८ रन बनाएको थियो । उसकालागि दिपेन्द्र सिं ऐरीले अविजित रहँदे सर्वाधिक ९० तथा रुपेश कुमार सिंले १६ रन बनाएपनि अन्य कुनै पनिब्याटरले दोहोरो अंकका रन छुन सकेनन् ।  कुशल भुर्तेल र ललित राजवंशीले खाता नै खोल्न सकेनन् ।

तल्लो मुलपानी क्रिकेट मैदानमा भएको अर्को खेलमा नेपाल ब्लुले जितकालागि दिएको २२३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ग्रिनले ४०.२ ओभरमा सवै विकेट गुमाउँदै १५८ रन मात्रै बनाउन सक्यो ।

उसकालागि आशिफ शेखले सर्वाधिक ५६ रन जोडे । आकाश त्रिपाठीले ३७ , सोमपाल कामीले २४ तथा अर्जुन कुमालले १४ रन बनाए । त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको नेपाल ब्लूले निर्धारित ४५ ओभरमा ९ विकेटको क्षतिमा २२२ रन बनाएको थियो ।

उसकालागि देव खनालले सर्वाधिक ७७ रन बनाए । गुल्शन झाले ४४,अनिल कुमार शाहले ३१ तथा करण केसीले २४ रन बनाए । 

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  १८:०९
प्रतिक्रिया दिनुहोस्