ADD FOR WEBSIDE ADD FOR WEBSIDE

बागमती ‘सी’ डिभिजनको शिर्षमा 

बुधबार, जेठ ९, २०८१

काठमाडौँ : बागमती युथ क्लब शहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधवार भएको खेलमा महाबिर स्टडिज एण्ड एथ्लेटिक्स एशोसियसनलाई ४–० गोल अन्तरले हराउँदै बागमती शिर्ष स्थानमा उक्लिएको हो ।

बागमतीको जितमा राज भुषालले दुई तथा  दिपेश राई र सृजन राज गौतमले एक/एक गोल गरे ।  जितसंगै बागमतीले २२ अंक जोडेको छ । १९ अंकको पुल्चोक दोस्रो तथा समान अंकको आरसी ३२ तेस्रो स्थानमा छ ।
 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  २१:५५
प्रतिक्रिया दिनुहोस्