ADD FOR WEBSIDE ADD FOR WEBSIDE
आईपिएल :

बाईबाई बैंलुरु,राजस्थान दोस्रो क्वालिफायरमा

बिहीबार, जेठ १०, २०८१

काठमाडौँ :राजस्थान रोयल्स ईण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । बुधवार राती भएको खेलमा उपाधि दावेर मानिएको रोयल च्यालेन्जर्स बैंलुरु (आरसीबी) लाई ४ विकेटले स्तब्ध पार्दै राजस्थान दोस्रो क्वालिफायरमा पुगेको हो ।

जितकालागि बैंलुले दिएको १७३ रनको लक्ष्य राजस्थानले ६ वल अगावै ६ विकेटको क्षतिमा भेटायो । राजस्थानको जितमा यशस्वी जैस्वालले सर्वाधिक ४५ रनको योगदान गरे । रियान परागले ३६ तथा शिमरोन हेटमायरले २६ रन जोडे । त्यसअघि अहमदावाद स्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङमा तानिएको आरसीबीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७२  रन बनाएको थियो  ।

बैंलुरुका लागि रजत पाटीदारले सर्बाधिक ३४ रनको योगदान गरे । विराट कोहलीले २३ माहिपाल लोमरले ३२ तथा क्यामरुन ग्रिनले २७ रन जोडे । कप्तान फाप दु प्लेसीसले १७ तथा दिनेश कार्तिकले ११ रनको योगदान गरे । जितसंगै राजस्थानले फाईनलको सम्भावना जिवितै राखेको छ ।

फाईनलमा पुग्न राजस्थानले पहिलो क्वालिफायरमा पराजित टोली सनराईजर्सले शुक्रवार हैदरावादसंग खेल्नेछ । सन् २००८ को पहिलो संस्करणको उपाधि विजेता राजस्थान त्यसयता उपाधिविहिन छ । उपाधि जितेको १४ वर्षपछि सन् २०२२ मा फाईनल पुगेपनि गुजरातसंग ७ विकेटले पराजित भएपछि उपाधि जित्ने योजनामा ब्रेक लागेको थियो । 

एलिमिनेटर खेलमा बन्यो यस्तो कीर्तिमान
-रोयल च्यालेन्जर्स बैंगलुरु र राजस्थान रोयल्सबीचको एलिमिनेटर खेलमा विराट कोहली आईपीएलको इतिहासमा ८ हजार रन पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । उनले आफ्नो २५२ औं बाट ८ हजार रन पूरा गर्ने पहिलो खेलाडी बनेका हुन् ।  
-राजस्थानका खेलाडी रोभम्यान पावेल प्लेअफ खेलमा सबैभन्दा बढी क्याच लिने खेलाडी बनेका छन् । उनले बैंलुरुविरुद्धको खेलमा ४ क्याच लिएका थिए । 

-रियान पराग अन्तर्राष्ट्रिय क्रिकेट नखेलेरै आईपीएलको एक सिजनमा ५०० रन पूरा गर्ने ब्याट्सम्यानको सूचीमा परेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  ०५:५३
प्रतिक्रिया दिनुहोस्